शुक्रबार, वैशाख १४, २०८१
00:18 | ०५:०३

अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द रहने  

रासस-सिन्ह्वा मार्च ३, २०२१

क्यानबेरा । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको मङ्गलबार जानकारी दिए ।

कोरोनाभाइरस महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ ।

‘अत्यावश्यक बाहेक अन्य आवतजावत तथा ओसारपसार बन्द गर्नुपर्ने बाध्यता अझै पनि कायमै छ’- मन्त्री हन्टले भने ।

अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उनले स्पष्ट पारे । विशेष र अत्यावश्यक बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

अष्ट्रेलियामा मङ्गलबारसम्म २८ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ९०९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू