शुक्रबार, वैशाख १०, २०७८
12:12 | १६:५७

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु   

रासस–एएफपी मार्च ३, २०२१

फाइल फोटो

जुबा, १९ फागुन –– दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

उनले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू