![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2021/02/Moscow-city.jpg)
तस्बिर एपी
मस्को १५ फागुन– रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।
योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् । मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए ।
मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् । त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ । रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।