शुक्रबार, वैशाख १०, २०७८
21:27 | ०२:१२

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२१

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गए राती स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राती नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २.३० बजे नर्भिक अस्पताल पुरयाइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । 

अस्पतालका न्यूरो सर्जन डा राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उनको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू