बिहीबार, चैत १५, २०८०
15:43 | २१:२८

इन्डोनेसियामा पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

रासस-सिन्ह्वा फ्रेब्रवरी २५, २०२१

जाकार्ता । इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो ।

राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन् ।

इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ ।

“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने ।

पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सवै प्रदेशहरुमा पनि गरिएको उनले जानकारी दिए ।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू