शुक्रबार, वैशाख ७, २०८१
17:21 | २२:०६

इरानमा भूकम्प, ४० भन्दा बढी घाइते   

रासस-सिन्ह्वा फ्रेब्रवरी १८, २०२१

तेहरान । इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ । भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ ।

घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् । भूकम्पले पुरयाएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू