शनिबार, असोज ३०, २०७८
06:31 | ११:१६

दाहाल–नेपाल समूहको विरोधका थप कार्यक्रम

रासस फ्रेब्रवरी १४, २०२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड’ । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले यही फागुन १५ गतेसम्मका लागि जनपरिचालनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

सो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही फागुन ५ गते टुँडिखेल वरिपरि मानवसाङ्लो प्रदर्शन गरिने छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार त्यस दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म मानवसाङ्लो प्रदर्शन गर्न लागिएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन ७ गते देशव्यापी रुपमा वडास्तरीय विरोध कार्यक्रम हुनेछ भने फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिकस्थलमा हस्ताक्षर सङ्कलन गरिनेछ ।

यही फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारकाविरुद्ध देशव्यापी महिलाको विरोध प्रदर्शन गरिनेछ । फागुन १२ गते चितवन, २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायत शहरमा विरोध प्रदर्शन र जनसभा तय गरिएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू