मंगलबार, वैशाख ४, २०८१
10:40 | १५:२५

दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच वार्ता

रासस-सिन्ह्वा फ्रेब्रवरी १२, २०२१


सउल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो वार्ता भएको हो ।

उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको छ ।

यसका साथै अरु पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो । उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए । उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निशस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्नेबारे पनि त्यस अवसरमा कुराकानी भएको जनाइएको छ ।

यसका साथै उनीहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन् । उनीहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू