शुक्रबार, चैत १६, २०८०
13:47 | १९:३२

एनआरएनए केन्याद्वारा नैरोवी विमानस्थललाई दश हजार थान मास्क सहयोग

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२१

नैरोबी, केन्या । गैरआवासीय नेपाली सङ्घ  केन्याले केन्याटा अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई दश हजार थान मास्क सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

संस्थापक अध्यक्ष कुल बहादुर कार्की को नेतृत्वमा अध्यागमन विभाग केन्याकी उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई गैरआवासीय नेपाली संघ केन्याको तर्फ बाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ केन्याका महासचिव टीका धिताल, पूर्व आइसीसी सदस्य यादब काफ्ले, पूर्व अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी सहभागी थिए ।

केन्यामा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्या लाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरे । संघका तर्फबाट संस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग पुरयाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै भविष्यमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू