शुक्रबार, वैशाख १४, २०८१
23:41 | ०४:२६

कोरोना संक्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार बढीको मृत्यु  

रासस -सिन्ह्वा फ्रेब्रवरी ४, २०२१

साओ पाउलो । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ ।

ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू