मंगलबार, वैशाख ११, २०८१
07:20 | १२:०५

चीनमा शुक्रबार पनि भेटिए कोरोनाका नयाँ सङ्क्रमित

रासस/सिन्ह्वा जनवरी ३०, २०२१


बेइजिङ १७ मााघ– चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् ।

चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ । चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै अहिले सङ्क्रमण सर्न थालेकाले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ । शुक्रबार भेटिएकामा हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन् । सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू