शुक्रबार, वैशाख ७, २०८१
11:14 | १५:५९

चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

रासस–सिन्ह्वा जनवरी २६, २०२१

फाइल तस्बिर

बेइजिङ, १३ माघ– चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पु¥याउने बताइएको छ ।

चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियोलिंक मार्फत हस्ताक्षर गरेका थिए ।

सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो ।

नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुबै मुलुकका अधिकारीहरुबीच वार्ता भइरहेको थियो ।

क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ ।

साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ ।

साथै दुबै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू