शुक्रबार, वैशाख १४, २०८१
09:40 | १४:२५

वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

रासस/एएनआई/एएफपी जनवरी २१, २०२१

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिने क्रममा जो बाइडेन । तस्बिर- सिन्ह्वा

जेनेभा, ८ माघ — अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् ।

उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।

अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू