बुधबार, वैशाख ५, २०८१
22:33 | ०३:१८

फेसबुकको प्रधान कार्यालयमा नेपाली चेली बैअबु राई

नेपाली लिङ्क जनवरी २०, २०२१

लण्डन । मानव जीवनमा अभिन्न अंग बनिसकेको फेसबुकको प्रधान कार्यालयमा नेपाली चेली बैअबु राई वरिष्ठ सफ्टवेयर इन्जिनियर बनेकी छिन् ।

उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा यसै साता काम शुरू गरेकी छन्   

आमा शान्ता राई र बाबु म्याम्बर राईको कोखबाट जन्मिएकी बैअबुले उदयपुरको गाईघाटस्थित लालीगुराँस आवासीय विद्यालयबाट पढाई शुरु गरेकी हुन् । पढाईमा लगनशील उनले पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा उत्तितिर्ण गरिन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमै पढ्ने मौका पाइन् ।

उनले अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिबाटै कम्युटर साइन्समा सन् २०१३ मा ग्राजुएटेड भएकी हुन् । 

उनको बुवा पूर्व नेपाली सैनिक हुन् भने आमा अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू