बिहीबार, वैशाख १३, २०८१
21:32 | ०२:१७

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन  

रासस-सिन्ह्वा जनवरी २०, २०२१

हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।
‘मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो’, उनका एक भाइले बुधबार भने ।
जिम्बाब्बेमा कोरोनाका कारण निधन भएकामध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । जिम्बाब्बेमा गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरस महामारी फैलिन शुरु भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू