बिहीबार, वैशाख १३, २०८१
16:33 | २१:१८

कोभिडको नयाँ भाइरस ६० देशमा पुग्यो

रासस-एएफपी जनवरी २०, २०२१


जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार भाइरस यो हप्तामा मात्र थप १० वटा देशमा पुगेको हो । संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा फैलिरहेको छ ।

विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र कोरोना भाइरसबाट संक्रमित करिब ९३ हजार जनाको ज्यान गएको छ । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन ।

गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ ।

युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू