शनिबार, वैशाख १५, २०८१
19:40 | ००:२५

इटालीका प्रधानमन्त्री कोन्टेलाई विश्वासको मत प्राप्त   

३२१ जनाले पक्षमा, २५९ जनाले विपक्षमा मत

रासस-सिन्ह्वा जनवरी १९, २०२१

रोम, ६ माघ–इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् ।

मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित थिए ।

पूर्व प्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर, उनीहरुको प्रस्ताव असफल भएको छ ।

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए ।

प्रधानमन्त्री कोन्टे नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि सन् २०१८ मा आम निर्वाचन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू