शनिबार, साउन १२, २०८१
03:15 | ०८:००

जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

रासस-एएफपी जनवरी १६, २०२१

बर्लिन । जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ । लश्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ । लश्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

हजारौं आप्रवासीहरूको लागि सीमाना खुल्ला गर्दा मर्केललाई साथ दिने उनी एक इमान्दार नेताका रूपमा चिनिन्छ ।

आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उनलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ ।

सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उनले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू