शुक्रबार, वैशाख १४, २०८१
14:45 | १९:३०

कंगोको सुरक्षा कारबाहीमा ४६ विद्रोही मारिए   

रासस-सिन्ह्वा जनवरी १५, २०२१

बुनिया, २ माघ–लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार बिहान सवेरैसम्म भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका हुन् ।

एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) मा आवद्ध विद्रोहीहरू मारिएको प्रान्तीय गृहमन्त्री अजीओ गिगीले बताए ।

घटनामा परी एक महिला र दुई बर्षीय एक बच्चा मात्रै घाइते भएको जनाइएको छ । एडीएफ विद्रोही समूहले गत वर्षदेखि आफ्ना गतिविधिहरूलाई इटुरी र दक्षिण किभु प्रान्तमा विस्तार गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू