सोमबार, जेठ ३, २०७८
09:57 | १४:४२

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान तथ्याङ्क सुरक्षित   

रासस-एएफपी जनवरी १५, २०२१

जकार्ता । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारेका छन् । इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार सो जानकारी दिएका हुन् ।

इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो । उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको र ५६ यात्रु र छ चालक दलका सदस्य रहेका जनाएको छ ।

“तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हामी अब तथ्याङ्कको जाँच गरिरहेका छौं,” राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सोरजान्टो तजाहोनोले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

यस रेकर्डरले विमानको गति, उचाई र दिशाको बारेमा जानकारी समावेश गरेको छ । शनिवार इनडोनेसियाको राजधानी जकार्ताको पानीमा दुर्घटना हुनुभन्दा अघि विमानले एक मिनेट भन्दा पनि कममा आकाशबाट १० हजार फिट (तीन हजार मिटर) तल समुद्रमा खसी डुब्नुको कारणबारे महत्वपूर्ण सङ्केत दिन सक्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू