शनिबार, वैशाख १५, २०८१
04:07 | ०८:५२

जर्मनीमा पनि संक्रमण बढ्दै, एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु 

एकैदिनमा १२४४ को मृत्यु

रासस-सिन्ह्वा जनवरी १४, २०२१

बर्लिन । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ । “कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने ।

महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू