शुक्रबार, वैशाख १४, २०८१
15:35 | २०:२०

माघे संक्रान्तिको विशेषता अनेक

नेपाली लिङ्क जनवरी १३, २०२१


हरेक वर्ष माघ एक गते (१४ जनवरी) मकर वा माघे संक्रान्तिलाई एउटा प्रमुख चाडको रुपमा मनाउने चलन छ । यो चाड देशको प्राय सबै क्षेत्र र जातजातीमा फरक फरक सांस्कृतिक रुपले मनाउने गरिन्छ । यो दिन आफ्नो हैसियत अनुसार दान गर्ने र स्थान विशेष अनुसार तिलको लड्डु, चाकु, तरुल र खिचडी खाने प्रचलन छ ।

शास्त्रका अनुसार यो दिनमा केहि कार्य गर्न रोक लगाइएको छ । यस दिनमा अरुसँग अप्रिय वचन नबोल्न, दाँत माझ्ने र कपाल धुने काम नगर्न, खेतको फसल नकाट्न र गाइ भैंसीको दुध दुहुन पनि नहुने विश्वास छ । यसै गरेर यो दिन रुख नकाट्ने र मासु र रक्सी जस्ता तामसी वस्तु पनि सेवन गर्न नहुने बताइएको छ । यो दिन सकेसम्म गरिष्ट भोजन त्यागेर खिचडी जस्तो सात्विक भोजन गर्नुपर्छ ।

यसै गरेर यो दिन सूर्य पुजा र गङ्गा स्नान पश्च्यात आफुले सकेसम्म दान गर्नुपर्ने छ । भोको मान्छेलाई पेट भरि खान दिनु जस्तो धर्म अरु कुनै नभएका कारण आफुले सकेसम्म कमसेकम एक जना मात्र भए पनि भोको ब्यक्तिलाई भोजन गराउनु उत्तम हुन्छ । दान गर्ने समयमा आफ्ना दिवंगत पुर्खाहरु र देव देवीको स्मरण गर्नु राम्रो हुन्छ । यसका साथै आफूले गरेको दानको चर्चा कसैसँग पनि गर्नु हुँदैन्, गुप्त दान जस्तो पूण्य अर्को कुनै छैन् ।

-नवीन रायमाझी, हाल अमेरिका

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू