मंगलबार, वैशाख ४, २०८१
11:37 | १६:२२

अमेरिकामा कार दुर्घटनामा परी नेपाली महिलाको मृत्‍यु

नेपाली लिङ्क जनवरी ११, २०२१

न्यूयोर्क । अमेरिकाको टेक्सासमा भएको एक कार दुर्घटनामा मृत्यु हुने र घाइते हुने नेपाली भएको पुष्टी भएको छ ।

बिहिबार राती भएको दुर्घटनामा एकजना नेपाली महिलाको मृत्यु भएको छ भने चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।

घाइतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

दुईवटा गाडी एक आपसमा ठोकिंदा आगो लागेको थियो । बाटोको मध्यभागमा दुर्घटना भएको जनाइएको छ । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दुर्घटना भएको जनाइएको छ ।

नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको बेला ठोक्किएर दुर्घटना भएको टेक्सासको जनसुरक्षा विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू