शुक्रबार, चैत १६, २०८०
19:07 | ००:५२

इन्डोनेसियामा ६२ यात्रुसहितको विमान दुर्घट्ना

नेपाली लिङ्क जनवरी ९, २०२१

लन्डन । इन्डोनेसियाको राजधानी जाकार्ताबाट ६२ जना यात्रुसहित उडेको विमान समुन्द्रमा दुर्घटना भएको छ ।

एअरपोर्टबाट उडेको चार मिनेटपछि सम्पर्कविहिन भएको श्रीविजय एअर बोइंग ७३७ को उक्त विमान वेष्ट कालिमन्तन प्रान्तको लागि उडेको थियो । विमानमा १० बालबालिकासहित ६२ यात्रुहरु रहेको बताइएको छ ।

फ्लाइट ट्र्याकिंग वेबसाइटका अनुसार दश हजार फिटको दुरीमा एक मिनेट भन्दा कम समयमा सम्पर्क विच्छेद भएको थियो ।  स्थानीयवासीहरुले विष्फोटको आवाज सुनेको बताएका छन् । राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ ।

समुन्द्रमा विमानका भग्नावशेषहरु फेला परेको समाचार माध्यमले उल्लेख गरेका छन् । इन्डोनेसियाको नेभी फोर्स उद्धारका लागि घटनास्थल पुगेका छन् ।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान तीन हजार मिटर तल झरेको बताइएको छ ।

स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको र उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् ।

विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू