शनिबार, वैशाख १५, २०८१
03:22 | ०८:०७

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने प्रक्षेपण

रासस/एएफपी जनवरी ८, २०२१


बेइजिङ, २४ पुस– कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले शुक्रबार चीनका लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ ।

आइएमएफले गरेको पूर्वानुमान यस पहिले गरेको प्रक्षेपण (८.२ प्रतिशत) भन्दा सामान्य कम अर्थात् ७.९ प्रतिशत रहने जनाइएको छ । कोरोनाभाइरसले विश्वभर आर्थिक सङ्कट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र मुलुक बनेको छ ।

गत वर्ष पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदरमा समस्या देखिएको भएपनि विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भई उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो । आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भएपनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको छ ।

आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ ।

आइएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनःप्राप्तिलाई निरन्तरता दिइरहेको छ । चीनले कोभिड–१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पुरयाएको छ ।

वृद्धि अझै असन्तुलित छ किनकि सार्वजनिक खण्डमा पछाडि आएको सुधारले सार्वजनिक उपभोग ठूलो निर्भरता देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू