शनिबार, साउन १२, २०८१
05:58 | १०:४३

पोर्चुगलमा बझाङका कुँवरले गरे आत्महत्या

रासस जनवरी ८, २०२१


पोर्चुगल । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा बिहीबार आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए ।

कुँवरले फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस शेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हाम फालेको पोर्चुगीज प्रहरीले बताएको छ ।

यसैबीच, कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।

सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू