शुक्रबार, वैशाख ७, २०८१
15:31 | २०:१६

विश्वकै धनी बने टेस्लाका मालिक इलन मस्क

मस्कको सम्पति १३६ विलियन पाउण्ड

नेपाली लिङ्क जनवरी ७, २०२१

लन्डन  । विद्युतीय कार टेस्लाका निर्माता इलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् ।

एमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै उनि विश्वकै धनी व्यक्तिको रुपमा सूचीकृत भएका हुन्  ।

मस्कको सम्पति १३६ विलियन पाउण्ड बराबरको छ भने बेजोसको सम्पति १३५ विलियन पाउण्डको छ ।

टेस्लाको शेयर मूल्यमा बिहीबार भएको वृद्धिसँगै मस्कले बेजोसलाई पछि पारेका हुन् ।

टेस्लाबाहेक उनैले शुरु गरेको अर्को अन्तरिक्ष खोज कम्पनी ‘स्पेसएक्स’ मा पनि मस्कको उत्तिकै शेयर रहेको छ । तुलनात्मक रुपमा थोरै कार उत्पादन गरे पनि टेस्ला कम्पनी विश्‍वकै मूल्यवानमा पर्छ ।

बेजोस सन् २०१७ देखि विश्वको धनी व्यक्तिको सूचीमा रहंदै आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू