शुक्रबार, चैत १६, २०८०
19:34 | ०१:१९

सिनेटको दुई सिटका लागि जर्जियामा चुनाव

नेपाली लिङ्क जनवरी ५, २०२१

नोर्थ क्यारोलिना । सिनेटको दुई सिटका लागि आज जर्जियामा सम्पन्न चुनावले अमेरिकामा मात्र नभई अमेरिकी राजनीतिप्रति रुचि राख्ने सम्पूर्ण बिश्वकै ध्यान खिचेको छ । 

चुनावमा एक सिटमा रिपब्लिकन उम्मेदबार डेभिड पर्डियू र डेमोक्रेटिक उम्मेदबार जोन ओसोफबीच र अर्को सिटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नक र रिपब्लिकन उम्मेदबार केली लोफ्लरबीच प्रतिस्पर्धा भएको हो ।

अधिकांश सर्वेक्षणहरुले डेमोक्रेटिक उम्मेदबारहरुले जित्ने देखाए पनि वास्तविक परिणामका लागि भने चुनावी नतिजाको प्रतिक्षा गर्नैपर्छ । यो चुनावमा दुबै सिट डेमोक्र्याट्सले जितेमा सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम हुनेछ भने एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । त्यसैले यो चुनावी परिणामले अमेरिकी राजनीति, आप्रवासी समस्या लगायतका महत्वपूर्ण विषयहरु लाई निर्धारण गर्नेछ ।  

हाल सिनेटमा डेमोक्रेटिकको ४८ सिट र रिपब्लिकनको ५० सिट छ । यदि डेमोक्रेटिकले दुवै सिट जितेमा उप राष्ट्रपतिको निर्णायक मतले डेमोक्रेटिक पार्टीलाई आबश्यक बिधायकहरु पास गर्न सजिलो हुनेछ तर यदि रिपब्लिकनले एक मात्र र दुवै सिट जित्यो भने रिपब्लिकनको वहुमत हुन जाने कारणले नव निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतासँग गरेका धेरै बाचा पुरा गर्न कठिन हुन् सक्छ ।  

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको चुनावी परिणामले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ । 

प्रतिनिधि सभामा भने यस अघि नै डेमोक्रेटिक पार्टीको बहुमत भइसकेको छ । डेमोक्र्याट्सले आजको चुनाबबाट दुबै सिट जितेमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ति लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन् 

यसका साथै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ । 

आज बेलुका ७ बजे मतदान समाप्त भएपछि मतगणना सुरु गरिने छ र ठ्याकै कसले जित्ने छ भन्ने कुरा जान्न भने अन्तिम नतिजा कुर्ने पर्छ ।  

यसैबीच जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्ने जर्जियाबाट सिनेट सदस्यका लागि डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले बताएका छन् ।  

-नवीन रायमाझी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू