शुक्रबार, चैत १६, २०८०
06:47 | १२:३२

अष्ट्रेलियामा पौडी खेल्दा डुबेर २३ वर्षीय नेपाली विद्यार्थीको मृत्यु

नेपाली लिङ्क जनवरी ५, २०२१


सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्‍यु भएको छ । सिड्नीको रोयल नेश्नल पार्कमा रहेको तालमा सोमबार पौडी खेल्दै गर्दा २३ वर्षीय सचेत बिमलीको डुबेर मृत्‍यु भएको हो ।  

स्थानीय प्रहरीका अनुसार ७ मिटर गहिरो तालमा ९ मिटर अग्लो ‘क्लिफ’ बाट हाम फालेर डाइभ हान्न खोज्दा दुर्घटना भएको थियो ।  

पानीमा डुबेका बिमलीको उद्धारको लागि हेलिकप्टर समेत प्रयोग गरिएपनि बाहिर निकाल्दा उनको निधन भइसकेको थियो ।

मोरङ घर भएका स्वर्गीय बिमली डेढ वर्षअघि अध्ययनका लागि सिड्नी आएका थिए । उनी सिड्नीमा आफ्नै दिदीसँग बस्दै आएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू