बिहीबार, चैत १५, २०८०
10:31 | १६:१६

असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने बेलायती न्यायाधीशको निर्णय

रासस/एएफपी जनवरी ४, २०२१


लन्डन । अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले सोमबार गरेकी छन् ।

गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ ।

‘अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उहाँको रिहाइ गर्न आदेश दिन्छु’, जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भनिन् ।

उनले भनिन्, ‘उहाँलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा मानिसहरूलाई भेट्न पाउने सम्भावना कम रहने साथै सामाजिक अन्तरक्रियाका लागि कम अवसर मिल्नेछ । यसले उहाँको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नु पर्नेछ ।’

चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारिरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ ।

यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बाराएत्सेरको फैसलालाई अपील गर्न सक्नेछन् ।

असान्ज र उनको कानूनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दावी गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू