शुक्रबार, चैत १६, २०८०
22:45 | ०४:३०

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

रासस डिसेम्बर ३१, २०२०

पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । 

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई  आफ्नो कर्मथलो बनाउँदै आएका थिए   

तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको संक्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले  जानकारी दिएको छ ।

यसअघि पोर्चुगलमा कोभिडका कारण एक नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै पोर्चुगलमा कोभिडबाट मृत्यु हुने नेपालीको संख्या दुई भएको छ । 

रानाको मृत्युले  नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ  पोर्चुगलका अध्यक्ष तिलक गैरेले  बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू