बिहीबार, वैशाख ६, २०८१
07:00 | ११:४५

एनआरएनए विशेष महाधिवेशनका लागि प्रतिनिधिको नाम दर्ता शुरु

महाधिवेशन २३ र २४ जनवरीमा हुदैछ

नेपाली लिङ्क डिसेम्बर २९, २०२०

लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिना हुने विशेष महाधिवेशनका लागि नाम दर्ता शुरु भएको छ ।

पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा सम्पन्न ९ औं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको लागि नाम दर्ता शुरु गरिएको संघले जनाएको छ । पहिलो चरणमा प्रतिनिधि  चयन हुन इच्छुकका लागि १ जनवरी सम्मको समयसीमा तोकिएको छ ।

संघका अनुसार सूचना जारी गरिएको पहिलो दिनमै मंगलबार दिउँसोसम्म तीन सय भन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

अष्टेलिया, बहराईन, बेल्जिमय, क्यानाडा, चाइना, चेक रिपब्लिकन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, जर्मनी, इजरायल, जापान, केन्या, कोरिया, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पोर्चुगल, कतार, रसिया, साउदी अरब , स्पेन, यूके , युएसए, यूएई लगायतका  २७ देशका ३ सय बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् ।

१ तारिखसम्म पुराना प्रतिनिधिहरुको लागि अवसर दिइएको छ भने त्यसपछि नयाँ प्रतिनिधिहरुको नाम एनसीसीहरुले पठाउन सक्ने छन् । संघको विशेष महाधिवेशन २३ र २४ जनवरीका लागि तय गरिएको छ । महाधिवेशनमा आर्थिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा तय छन् । 

नाम दर्ताको लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू