शुक्रबार, वैशाख १४, २०८१
00:23 | ०५:०८

इन्डोनेसियाद्वारा पुनः नाका बन्द गर्ने घोषणा  

रासस-सिन्ह्वा डिसेम्बर २८, २०२०

जाकार्ता । इन्डोनेसियाले पुनः नाका बन्द गर्ने घोषणा गरेको छ । नाकाहरू अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागू हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।

विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले स्पष्ट पारे ।

सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ । सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ ।

सङ्क्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशन समेत भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू