• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, १९ जुलाइ, २०२५
00:43 | ०५:२८

साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान स्थगित

रासस–एएफपी डिसेम्बर २८, २०२०

रियाद, १३ पुस– साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाई छ ।
साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् ।
यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो । साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एमआइएस र सचिवालय कब्जा गरी एनसीसीहरु फुटाउने खेलमा केसी समूह लागेको आरोप

२ घन्टा अगाडि

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण पोखरेल ‘बाबु’ को उम्मेद्वारी

१६ घन्टा अगाडि

एनआरएनए जापानको महासचिवमा पत्रकार गौतमको उम्मेदवारी

जुलाइ १५, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • एमआइएस र सचिवालय कब्जा गरी एनसीसीहरु फुटाउने खेलमा केसी समूह लागेको आरोप
  • ईयूको १८ औं पटक प्रतिबन्धपछि रुसले दियो कडा चेतावनी
  • सरकारको बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब
  • एमाले पोलिटब्युरो बैठक पुनः शनिबार
  • स्कटल्यान्डमा त्याग गरी सर्वसम्मति बनाएका कंडेल एनआरएनए यूके उपाध्यक्षमा मत माग्दै
ट्रेन्डिङ
  • १
    एनआरएनए यूके अध्यक्ष रेसमा नयाँ मोड, स्कटल्याण्डबाट काशीराम भण्डारीको ‘इन्ट्री’
  • २
    ‘लिडरसीप क्राइसीस’ सुधार्न एनआरएनए यूके अध्यक्षमा मेरो उम्मेदवारी: पुडासैनी (भिडियो)
  • ३
    अल्डरसटमा भव्य समारोहबीच क्षेत्री समाज बेलायतको १८ औं वार्षिक भेला
  • ४
    एनआरएनए यूके महासचिवमा स्कटल्याण्ड राज्य परिषद अध्यक्ष दिवाकर पाण्डेको उम्मेद्वारी
  • ५
    लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.