• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
सोमबार, १६ फ्रेब्रवरी, २०२६
23:37 | ०५:२२

साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान स्थगित

रासस–एएफपी डिसेम्बर २८, २०२०

रियाद, १३ पुस– साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाई छ ।
साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् ।
यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो । साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि छलफल गर्न संयुक्त कार्यशाला

२ दिन अगाडि

डा. शेष घलेले उद्यमशीलता र उद्यमी स्वभावबारे दिए महत्वपूर्ण प्रवचन

२ दिन अगाडि

युक्रेन, अमेरिका र रूसबीच अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७ र १८ मा

३ दिन अगाडि

हाम्रो सिफारिस

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५
ताजा अपडेट्स
  • बेलायती र क्यानेडियनलाई चीनमा ३० दिनसम्म ‘भिसा फ्री’
  • नेपाली व्यवसायीले बेलायतमै उत्पादन गरे कोदोको रक्सी, अन्तर्राष्ट्रिय बजार प्रमुख लक्ष्य
  • आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले आमसभा, प्रचार–प्रसार गर्न पाउने
  • बेलायतमा पनि शिवरात्री, नेपाली मन्दिरहरुमा घुइंचो
  • रास्वपाको ‘नागरिक करार’ सार्वजनिक: सुशासनदेखि प्रवाससम्म ५ वर्षे प्रतिबद्धता
ट्रेन्डिङ
  • १
    भूतपूर्व गोर्खालाई भोक हड्ताल नगर्न बेलायतको आग्रह 
  • २
    बेलायतको नेपाली समुदायमा घरेलु हिंसा बढेपछि सचेतना कार्यक्रम तय
  • ३
    पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ अल्डरसटमा च्यारिटी डिनर तयारी
  • ४
    गायक बर्देवालाई लोक आधुनिक गायनतर्फ अवार्ड
  • ५
    गोर्खा पेन्सनबारे बेलायती मन्त्री- अतिरिक्त सुविधाको प्रस्ताव छैन

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.