शुक्रबार, वैशाख ७, २०८१
11:38 | १६:२३

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख नाघ्यो    

रासस-सिन्ह्वा डिसेम्बर २७, २०२०

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या आइतबारसम्म एक करोड एक लाख ८७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७३२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ८७ हजार ८५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलोपटक सङ्क्रमित २० हजार भन्दा कम देखिएको हो । । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ६२२ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ६१ हजार ५३८ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् । भारतमा महाराष्ट्रमा ५९ हजार २२३ र केरलामा ६३ हजार ९२७ सक्रिय सङ्क्रमित रहेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा ६ हजार ९११ जनामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका र ६ लाख ४ हनार ७४६ कोरोना मुक्त भएका छन् । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४३७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८१ लाख २ हजार ६५७ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतमा शनिबार एक दिनमा ९ लाख ४३ हजार ३६८ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू