शुक्रबार, वैशाख १४, २०८१
14:27 | १९:१२

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख नजिक 

रासस-सिन्ह्वा डिसेम्बर २३, २०२०

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाख नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५्० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २५ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण १० हजार ३२९ जनाको मृत्यु भईसकेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३८२ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू