शुक्रबार, वैशाख ७, २०८१
16:19 | २१:०४

बाइडेनले लगाए कोरोनाविरुद्ध फाइजरको खोप   

रासस–एएफपी डिसेम्बर २२, २०२०

नेवार्क, डेलावेयर, ७ पुस– अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

७८ वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो ।

त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गरेका थिए । हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोनाभाइरस विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा जारी छ ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ ।

यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गत साता नै खोप लिइसकेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन् ।

अमेरिकामा हाल फाइजर–बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू