बुधबार, वैशाख १२, २०८१
20:24 | ०१:०९

नाइजेरियामा कम्तीमा ८० विद्यार्थी अपहरणमुक्त 

रासस-एएफपी डिसेम्बर २०, २०२०

फाइल फोटो

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य कात्सिनामा सशस्त्र डाँकुहरूसँगको झडपपछि कम्तीमा ८० विद्यार्थीलाई अपहरणमुक्त गरेको नाइजेसरियाली प्रहरीले आइतबार जनाएको छ । शनिबार एक धार्मिक समारोहमा सहभागी भएर फर्किने क्रममा बन्दूकधारी एक समूहले उनीहरूलाई अपहरण गरी लगेको कात्सिना राज्यका प्रहरी प्रवक्ता ग्याम्बो आइसाले बताए ।

स्थानीयले प्रहरीको सहयोगमा आफ्ना बावुनानीहरूलाई छुटाउन फुलानी समुदायको एक वस्तीमा नियन्त्रण लिई आफ्ना बालबालिकालाई केही भएमा फुलानी समुदायमाथी धावा बोल्ने बताएपछि अपहरणकारी उक्त समूहले सबै विदार्थीलाई छोड्न बाध्य बनेका थिए । अपहरणमा परेका सबै विदार्थीहरू धार्मिक कार्यक्रममा सहभागी भई माहुता गाउँमा फर्किंने क्रममा अपहरणमा परेका थिए । शनिबार अपहरणमा परेकामध्ये अहिलेसम्म परिवारको सम्पर्कमा आएका छात्रछात्राको सङ्ख्या आइतबार साँझसम्म ११३ पुगेको छ ।

नाइजेरियामा विभिन्न समूहले स्थानीय बालबालिका तथा वयस्क व्यक्तिलाई अपहरण गर्ने र आफू अनुकुल हिडाउँने अभ्यास नौला भने होइनन् । नाइजेरियामा अपहरणमा परेका ३४४ जना विद्यार्थीलाई छ दिन पछि फर्काएको ठीक ४८ घण्टामा अर्को अपहरणको घटना भएको हो । उनीहरू अघिल्लो हप्ता अपहरणमा परेका थिए । उनीहरूको अपहरणमा नाइजेरियाली जिहादी समूह बोको हरामको सम्लग्नता रहेको भनी उक्त समूहले जिम्मेवारी लिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू