शुक्रबार, वैशाख ७, २०८१
10:39 | १५:२४

इटालीमा क्रिसमस र नयाँ वर्षका बेला थप नियन्त्रण

रासस-एएफपी डिसेम्बर १९, २०२०

प्रधानमन्त्री जेसेप कोन्ट, तस्बिर- एपी

रोम, इटाली, ४ पुस– कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ ।

प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा गरेका ती उपायहरूमा पर्वका समय हुने आवतजावत र सामूहिक भोजभतेरमा नियन्त्रण छन् ।

सरकारले सोमबारदेखि १५ दिन लागू हुनेगरी जनवरी ६ सम्मका लागि इटालीको सम्पूर्ण भागलाई कोभिड–१९ माहामारीका कारण हुने ‘खतरा’ को सूचीमा राख्दै सङ्क्रमण नियन्त्रणका लागि कडाभन्दा कडा नियम लागू गरेको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नागरिकले पर्वका समय साथी वा आफन्तसँगको भेटका लागि दिनमा एकपटक मात्र घर छोड्न पाउनेछन् भने अति आवश्यक कामका लागिबाहेक एक प्रशासन क्षेत्रबाट अर्कोमा जान पाउने छैनन् । त्यसैगरी, आगामी डिसेम्बर २४ बाट लागू हुनेगरी देशभर बार तथा रेष्टुरेण्ट बन्द रहने छन् ।

कोन्टेले भने, ‘हाम्रा विज्ञहरूले क्रिसमस र नयाँ वर्षमा हुने जमघटका कोभिड कारण सङ्क्रमण बढ्नसक्ने बताएका छन् । महामारी पुनः फैलिन नदिनका लागि हामीले यो बाध्यत्मक निर्णयलाई लागु गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेका छौँ ।’

सरकारले खाद्यान्न पसल, सैलुन, फार्मेसी तथा कपडा धुने पसल (सेवा) लगायतका अन्य केही सेवालाई भने खुला गर्न अनुमति दिएको छ ।

इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

करिब ६ करोड जनसङ्ख्या रहेको इटलीलाई यूरोपेली समुदायको प्राचीन महत्वको स्थानका रूपमा लिने गरिन्छ ।

इटलीमा महामारीका कारण अहिलेसम्म ६८ हजार मानिसले ज्यान गुमाएका छन् भने १९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारको निर्णयलाई इटलीका नागरिकले सहज लिएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू