शुक्रबार, वैशाख १४, २०८१
12:16 | १७:०१

अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ को मृत्यु

रासस/सिन्ह्वा डिसेम्बर १९, २०२०

अङकारा, टर्की, ४ पुस– टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ बिरामीको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन् ।

कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।

गाजियनटेपको गभर्नर कार्यालयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भएको ग्यास विस्फोटका कारण ९ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य दर्जनौं घाइते भएका जानकारी गराएको थियो । घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू