बिहीबार, वैशाख १३, २०८१
13:52 | १८:३७

स्वीटजरल्याण्डमा पनि समलिङ्गी विवाहलाई मान्यता 

रासस-एएफपी डिसेम्बर १८, २०२०

जेनेभा, ३ पुस– स्वीटजरल्याण्डले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानून बनाएको छ ।

स्वीटजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानून पारित गरेको हो ।

यो कानून पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो उच्च पर्वतीय देश स्वीटजरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानूनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ । यसअघि सम्म युरोपका थोरै देशहरू मध्ये स्विजरल्याण्डमा पनि समलिङ्गी विवाह अवैध थियो ।

यो कानून सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुंदै आएर अहिले पारित भएको हो ।

समलिङ्गी विवाहसम्वन्धी कानून पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू