शनिबार, वैशाख ८, २०८१
01:08 | ०५:५३

विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

रासस-सिन्ह्वा डिसेम्बर १८, २०२०


अबुजा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् । घटनामा यहाँको आतंककारी समूह बोको हरामको हात रहेको थियो । 

अपहरणमुक्त भएका प्रायःविद्यार्थीहरु  छात्र  भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई  स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने उनको भनाइ  छ । 

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई  छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।     

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए  । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू