शुक्रबार, चैत १६, २०८०
13:07 | १८:५२

अमेरिकामा एकै दिन ३ हजार ७०० संक्रमितको मृत्यु   

रासस -एएफपी डिसेम्बर १७, २०२०

तस्बिर एएफपी

वासिङ्टन । अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल भर्ना भएका छन् । गत वर्षको डिसेम्बेर महिनाबाट चीन हुबे प्रान्त वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अन्त्यन्त प्रभावित भएको छ ।

यस संक्रमणको कारण अमेरिकामा ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १ करोड ७३ लाख ९४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण विश्वभरीमा ७ करोड ४५ लाख ९८ हजार व्यक्ति संक्रमित भएका छन् भने १६ लाख ५६ हजार ५५४ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू