सोमबार, जेठ ७, २०८१
12:09 | १६:५४

केन्यामा कोरोनाबाट नेपाली इन्जिनियरको मृत्यु

नेपाली लिङ्क डिसेम्बर १५, २०२०

नैरोबी , केन्या । अफ्रिकी मुलुक केन्यामा लगभग ५० वर्षीय एक नेपाली इन्जिनियरको कोरोनाका कारण मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( यूएनओपीएस ) नैरोबी , केन्यामा प्रोजेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाबाट मृत्य भएको बताइएको छ । कोरोनाबाट अफ्रिकामा मृत्यु हुने पन्त तेश्रो नेपाली हुन्  ।

केन्या आउनु अघि पन्त नेपाल सरकारको इन्जिनियरको रुपमा सेवारत थिए । काठमाडौं , मैतीदेबी निवासी पन्तको मृत्यु नेपाल इन्जिनियर एसोसिएसनले पनि शोक व्यक्त गरेको छ ।

अफ्रिकास्थित एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले इन्जिनियर पन्तको मृत्युको खवरले स्तब्ध बनाएको र राष्ट्रले एक अनुभवी इन्जिनियर गुमाउनु परेको बताएका छन् ।

थापाले सामाजिक संजालमार्फत मृतक पन्तप्रति श्रद्धाञ्जली तथा नेपालमा रहेका उनका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू