शुक्रबार, वैशाख १४, २०८१
01:24 | ०६:०९

हङकङमा कोरोना संक्रमण बढ्दै, थप कडाइ

रासस-सिन्ह्वा डिसेम्बर ८, २०२०

बेइजिङ–हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ । हङकङमा कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएकी हुन् ।

महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।

हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ ।

सङ्क्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको लामले बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू