शनिबार, साउन १२, २०८१
12:14 | १६:५९

जापानमा थप ७ सय ७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

रासस–सिन्ह्वा डिसेम्बर ८, २०२०

जापानका प्रधानमन्त्री योसिहिदे सुगा

टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।

मंगलबार सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए  

उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे   

आजै मन्त्रीपरिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गरेको छ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू