शुक्रबार, फागुन २१, २०७७
07:14 | १२:५९

अमेरिकामा एकै दिन २ लाख ३० हजार थप संक्रमित

रासस-एएफपी डिसेम्बर ६, २०२०

तस्विर एएफपी

वासिङ्टन २१ मङ्सिर– अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।

त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राती ८ बजे जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सब भन्दा बढी प्रभावित भएको छ ।

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ । अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू