बिहीबार, वैशाख १३, २०८१
16:33 | २१:१८

भारतमा कोभिड खोप केही हप्तापछि

रासस/एएनआई डिसेम्बर ४, २०२०

एएफपी

नयाँ दिल्ली–१९ मङ्सिर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्– हामीलाई भारतीय वैज्ञानिकहरुले आगामी केही हप्तामा नै यहाँ कोभिड विरुद्धको खोपको शुरुआत गर्दैछौँ भनेका छन् ।

प्रधानमन्त्री मोदीले यसका लागि भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराएका बताइएको छ ।

अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका बिरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताए ।

यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताए ।

भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू