शनिबार, वैशाख ८, २०८१
19:40 | ००:२५

ब्रेक्जिटपछि व्यापार सम्झौता गर्न ईयू तयार    

रासस-एएफपी डिसेम्बर ४, २०२०

 

बर्लिन, १९ मङ्सिर–युरोपेली संघ (ईयू) ले ब्रेक्जिट (बेलायत संघबाट बहिर्गमन) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ ।

जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरित हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।

‘हामीलाई थाहा छ समय सकिएको छ’- जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भने ‘ईयूले संयुक्त अधिराज्य (बेलायत) सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वभाविक हो ।’

उनले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने- ‘सबैका आ–आफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हित विपरीत हुन जान्छ ।’

सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू