शनिबार, वैशाख १५, २०८१
02:24 | ०७:०९

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा   

मानवीय गतिविधि तथा आवतजावत सिमित

रासस-एएनआई डिसेम्बर ४, २०२०

रोम । इटालीमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको छ ।

महत्वपूर्ण चाड पर्व आएकाले पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएको हो ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावत नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए ।

इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको र सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् ।

“क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लापरवाही गरयौं भने महामारी झन् फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भने ।

नयाँ प्रतिवन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागू हुने पनि उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू